काठमाडौं । आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको १२औं खेलमा भारत र पाकिस्तान आमनेसामने भएका छन् । भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गर्दैछ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ ।
यसपटक पाकिस्तानले विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।
यो विश्वकपमा पाकिस्तान र भारत दुई/दुई खेल खेलेकोमा सतप्रतिशत जित हात पारेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई पराजित गरेको हो भने पाकिस्तानले श्रीलंका र नेदरल्याण्डस्लाई पराजित गरेको हो ।
प्रतिक्रिया