Logo

अर्थ

यही वर्षमै १० जहाज थप्छौँ : मन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको भन्दै उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगति हटाउने एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

उनले १० वटासम्म जहाज नथपी पर्यटक नेपाल नआउने जिकिर गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले आजदेखि नेपालगन्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गरिने उल्लेख गरे ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १२:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।