Logo

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र युएई भिड्दै



काठमाडौं । हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु हुँदै छ ।  त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।

खेल दिउँसो १ बजे माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुने छ । टी–२ को आजको खेलसँगै मूलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउने छ । एक दिवसीयको भने यसअघि नै पाइसकेको छ ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । त्रिकोणात्मक सिरिजको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

त्रिकोणात्मक सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम तयार गरेको छ ।

नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रजित जिसी, ललित राजभण्डारी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् ।

ब्यक्तिगत समस्याका कारण नेपालले यस सिरिजमा सन्दीप लामिछानेलाई समावेश गरेको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ०९:५९   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।