काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत युएईविरुद्धको खलमा टस जितेर फिल्डिङ रोजेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
योसँगै मुलपानी मैदान टी–२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ । नेपाल आज यूएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ ।
पछिल्लो समय नेपालले टी–२० आईमा यूएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यही खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन ।




















प्रतिक्रिया