Logo

खेलकुद

नेपाललाई तेस्रो सफलता, गुलसनले लिए विकेट



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले नेपालको लागि तेस्रो विकेट लिएका हुन् ।

उनले इनिङकाे आफ्नाे पहिलो बलमै विकेट लिएका हुन् । उनले यूएईका कप्तानसमेत रहेका मोहम्मद वासीमको विकेट लिएका हुन् । वासीम १८ बलमा १७ रन बनाएर आउट भए ।

यसअघि करण केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । सराफुले ७ बलमा ६ रन बनाए ।  नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिएका थिए । उनले यूएईका खलिद शाहको विकेट लिएका हुन् । शाह ६ बलमा बिनाकुनै रन पेभेलियन फर्किए ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  १ : ४१ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।