काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुलस झाले व्यक्तिगत दोस्रो तथा नेपालको लागि चौथो विकेट लिएका हुन् ।
उनले १२ बलमा १५ रन जोडेका यूएईका आसिफ खानको विकेट लिएका हुन् । यसअिघ गुलसनले नै यूएईका कप्तानसमेत रहेका मोहम्मद वासीमको विकेट लिएका हुन् । वासीम १८ बलमा १७ रन बनाएर आउट भए ।
यसैगरी करण केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । सराफुले ७ बलमा ६ रन बनाए । नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिएका थिए । उनले यूएईका खलिद शाहको विकेट लिएका हुन् । शाह ६ बलमा बिनाकुनै रन पेभेलियन फर्किए ।




















प्रतिक्रिया