Logo

खेलकुद

त्रिकोणात्मक टी–२० सिरिज : नेपालका लागि करणले लिए पाँचौं विकेट



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा करण केसीले यूएईका अली नासीरको विकेट लिएका हुन् । यूएईका लागि नासीरले ३० बलमा ३२ रन जोडे ।

यसअघि गुलसन झाले व्यक्तिगत दुई विकेट लिएका छन् । उनले १२ बलमा १५ रन जोडेका यूएईका आसिफ खानको विकेट लिए । त्यसअिघ गुलसनले नै यूएईका कप्तानसमेत रहेका मोहम्मद वासीमको विकेट लिएका हुन् । वासीम १८ बलमा १७ रन बनाएर आउट भए ।

यसैगरी करण केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । सराफुले ७ बलमा ६ रन बनाए ।  नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिएका थिए । उनले यूएईका खलिद शाहको विकेट लिएका हुन् । शाह ६ बलमा बिनाकुनै रन पेभेलियन फर्किए ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  २ : २९ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।