काठमाडौं । नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत बिक्री वितरण हुने एलजी, टिसिएल र गोजरेजले चाडपर्व लक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको छ । यी ३ वटै ब्राण्डले ग्राहकलाई खुशी पार्नेगरी आकर्षण योजना ल्याएका हुन् ।
एलजीको सामान खरिदमा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू
नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’योजना ल्याएको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ ।
यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् ।
त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटेलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।
साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।
टिसिएलको टेलिभिजनको खरिदमा ४४ हजारसम्म छुट
ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि छठ पर्वसम्म लिन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले ‘सेलिब्रेट ग्रेटनेस’ योजना अन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४,७०० रुपैयाँ सम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा १४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै, ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ रुपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१,८०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्ने छन् । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।
त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यी सुबिधाका लागि ग्राहकहरुले सिजीकाे वेबसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने जनाएको छ ।
‘गज्जबको गोदरेज, कमालको अफर’
भारतका चर्चित होम अप्लाइन्स गोदरेजले यसपालिको दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै गोदरेजको ‘गज्जबको गोदरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न होम एप्लाइन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदै २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् ।
यस कमालको अफरमा ग्राहकले कुनैपनि गोदरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मका अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्ने बताइएको छ । फ्रन्टलोड वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वाशिङ पाउडर तथा टप लोड वाशिङ मेसिन र सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वाशिङ लिक्विड प्राप्त गर्न सक्ने बताइएको छ ।
त्यसैगरी ग्राहकहरुले गोदरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । गोदरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको बताइएको छ । त्यसैगरी माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ्ग किट पाउन सकिनेछ ।
एयर कण्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।
यी तीन वटै ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।




















प्रतिक्रिया