Logo

खेलकुद

एसीसी यू–१९ प्रिमियर कप : नेपाल र जापानबीचकाे खेल वर्षाले प्रभावित



काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानबीचकाे खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो ।

खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ । नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए ।आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् ।

जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एकरएक विकेट लिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ११:१९   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।