Logo

खेलकुद

त्रिकाेणात्मक टी–२० सिरिज : हङकङले यूएईलाई दियो १५० रनको लक्ष्य



काठमाडौं । नेपालमा भइरहेकाे त्रिणात्मक टी–२० सिरिजअन्तर्गत आइतबारकाे खेलमा हङकङले यूएईसामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानीस्थित माथिल्लो  रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनकाे याेगफल तयार पर्याे ।

हङकङका बाबर हायतले ६६ रन बनाए । उनले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ऐजाज खानले ४८ रन थपे । २५-३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि ११४ रनको साझेदारी गर्दै हङकङको इनिङ्स सम्हालेका थिए । अन्शुमन रथले १४ रन जोडे ।

यूएईका र जहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट लिए । नेपालमा कात्तिक १ गतेदेखि जारी त्रिदेशीय शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् । शृङ्खलामा हङकङको यो तेस्रो र यूएईको दोस्रो खेल हो । नेपालले भने लगातार तीन खेलमा जित निकाल्दै अन्तिम खेल अगावै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आईतवार १२:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।