Logo

खेलकुद

भारतको लगातार पाँचौं जित, न्युजिल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो



  1. काठमाडाैं । विश्वकप २०२३ मा लगातार पाँचौं जित हात पार्दै भारत शीर्ष स्थानमा उक्लिएकाे छ । हिमाञ्चल प्रदेशको धर्मशालामा आइतवार राति सकिएको खेलमा घरेलु टोली भारतले न्युजील्यान्डलाई ४ विकेटले हराएको हो ।

न्युजिल्यान्डले दिएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे । अब टीम इन्डियाको खातामा ५ खेलपछि १० अंक छ । यस्तो अवस्थामा भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ । अब टोलीले ४ मध्ये २ खेल मात्र जित्नुपर्नेछ ।

आइतबार धर्मशाला मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २७३ रन बनाएर अलआउट भएको थियो ।

विराट कोहलीले १०४ बलमा ९५ रनको इनिङ खेले भने मोहम्मद शामीले ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याच शामी भए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।