Logo

खेलकुद

त्रिकोणात्मक टी २० मा आज नेपालले युएईसँग खेल्दै



राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको प्रतिस्पर्धा आज बिहान ११ बजे माथिल्लो मूलपानी मैदानमा खेल सुरु हुनेछ ।

श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।

जितमा ह्याट्रिक गर्नेक्रममा नेपालले शनिबार हङकङविरुद्ध ७९ रनको सानदार जित हात पार्‍यो । पहिला ब्याटिङ गर्दै नेपालले २ सय १३ रन बनायो । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

चौथो खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले यूएईविरुद्ध अलराउन्डर गुलशन झा, विकेटकिपर आसिफ शेख र स्पिनर ललित राजवंशीलाई विश्राम दिएर विवेक यादव, लोकेश बम र सागर ढकाललाई मौका दिने सम्भावना रहेको हो । टिम फाइनल पुगिसकेकाले नेपालले अन्तिम खेलमा अघिल्लो म्याचमा मौका नपाएका खेलाडीहरूलाई अवसर दिनसक्छ ।

त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०७:३५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।