Logo

खेलकुद

नेपालले यूएईबाट पायो १६५ रनको लक्ष्य



काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले यूएईबाट जितका लागि १६५  रनको लक्ष्य पाएको छ । मुलपानी माथिल्लो मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो ।

यूएईका लागि वृत्या अरविन्द र बसिल हमीदले समान ४५÷४५ रन बनाए । वृत्याले ५१ बलमा ४ चौकाको मद्दतमा तथा बसीलले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।

यसैगरी खासिफ खानले १८, खलिद शाहले १२, अलि नासीरले ९, मुहम्मद वाजीम र लिलांश केश्वानीले ८/८ तथा आक्रिफ रजाले ५ बन बनाए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान दुई/दुई विकेट लिए । करण केसी र गुलसन झाको नाममा एक/एक विकेट रह्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १२:४२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।