काठमाडाैं । भारतमा जारी आईसीसी विश्वकप २०२३ अन्तर्गतकाे खेलमा नेदरल्यान्ड्सले बंगलादेशलाई २ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भयो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ८९ बलमा ६ चौकासहित सर्वाधिक ६८ रन बनाए । वेस्ली ब्यारेसीले ४१ बलमा ८ चौकासहित ४१ रन बनाए ।
नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंह ३ र म्याक्स ओडाउड शून्यमा आउट भएका थिए । मध्यक्रमका प्रमुख ब्याटर कोलिन एकरम्यानलाई सकिब अल हसनले १५ रना मुश्ताफिजुर रहमानबाट क्याच आउट गराए । बास डि लिड ३२ बलमा २ चौकासहित १७ रन बनाउँदै क्याच आउट भए ।
स्याइब्रान्ड एंगेलब्रेक्ट ६१ बलमा ३ चौकासहित ३५ रनमा मेहेदी हसन मिराजको बलमा एलबीडब्लू आउट भए । छैटौं विकेटका लागि स्कट र एंगेलब्रेक्टले १ सय ५ बलमा ७८ रनको साझेदारी गरेका थिए ।
तल्लोक्रममा तीव्र गतिका बलर लोगन भान बिक १६ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । बंगलादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मेहेदी हसन र मुश्ताफिजुर रहमानले समान दुई विकेट लिए ।




















प्रतिक्रिया