आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाललाई सिंगापुरले १४६ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै सिंगापुरले १४५ रन बनाउन सक्यो ।
नेपालका लागि अविनाष बोहोराले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिए ।
अविनाषले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए ।
उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो । त्यसलगत्तै सिंगापुरको आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए ।
उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.४ ओभरमा एक सय २४ रन बनाएको थियो ।




















प्रतिक्रिया