Logo

खेलकुद

सिंगापुरविरुद्ध नेपालको सुरुवाती ब्याटिङ उत्कृष्ट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ६ ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ५६ रन बनाएको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखबीच राम्रो साझेदारी भइरहेको हो । भुर्तेलले अविजित ३६ तथा शेखले अविजित १९ रन बनाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ११:२२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।