Logo

खेलकुद

नेपाललाई झड्का, सिंगापुरले लियो आसिफको विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा पहिलो झड्का लागेको छ । टियु क्रिकेट मैदानमा १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखको विकेट पतन भएको हो ।

आसिफको विकेट सिंगापुरका अक्ष पुरीले लिए । आसिफ २६ बलमा २ चौका र एक छक्काको मद्दतमा २७ रन बनाएर आउट भए ।

अहिले क्रिजमा अर्धशतक प्रहार गरिसकेका कुशल भुर्तेल र रोहित पौडेल छन् । ताजा अवस्थामा नेपालले १० ओभरमा एक विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ११:३६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।