Logo

खेलकुद

अकिबको अर्धशतकमा ओमनले सिंगापुरलाई दियाे १७५ रनकाे लक्ष्य



काठमाडाै‌ ।  ओमानले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई १७५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायाे ।

उपकप्तान अकिब इलियासको अर्धशतकमा ओमानले याे याेगफल तयार पारेकाे हाे ।  अकिबले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । तेस्रो विकेटका लागि जिशान मकसुद र अकिब इलियासले ३२ बलमा ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जिशान १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

ओपनर प्रतीक अथवले ३२ बलमा ७ चौकासहित ४२ तथा कश्याप प्रजापति १९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अकिबले प्रतीकसँग मिलेर ३५ बलमा ५० रनको साझेदारी गरेका थिए ।

सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाशले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अनिश परामले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । रमेश कलिमुथुले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १०:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।