काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले आज मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर मलेसियाले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। मलेसिया पहिलाे जितकाे खाेजीमा छ ।
नेपालले सिंगापुरविरुद्ध खेलेको टिममा कुनै परिवर्तन गरेकाे छैन । नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी साेमबार सिंगापुरसँगकाे खेल सुरु हुनु अघि चाेग्रस्त भएपछि नेपाल उनकाे ठाउँमा विवेक यादवलाई राखिएकाे थियाे । तर ब्याटिङ र बलिङ दुबै गर्न नपाएका विवेकलाई नै आज पनि प्लेइङ ११ राखिएकाे छ ।




















प्रतिक्रिया