काठमाडाैं । नेपालले घरेलु मैदानमा जारी आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनौटमा आज ओमनसँग खेल्दैछ । एक/एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेका दुवै टाेलीका लागि आजकाे खेल समूह विजेता बन्न महत्वपूर्ण हुनेछ ।
समूह ए मा रहेका यी दुई टाेलीमध्ये यसअघि दुई/दुई जित निकाल्दै समान अंक बटुलेकाे भएपनि नेटरनरेटका आधारमा ओमन शीर्ष स्थानमा छ । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुने खेलबाट समूह विजेताकाे टुंगाे लाग्नेछ ।
सेमिफाइनलमा समूह ए को समूह बिजेताले समूह बि को उपविजेतासँग खेल्ने छ । त्यस्तै समूह ए को उप बिजेताले समूह बिको बिजेतासँग खेल्ने छ । समूह बिमा युएई, बहराइन, हङकङ र कुवेत छन् । समूह बिबाट सेमिफाइनलमा पुग्ने टाेलीकाे टुंगाे पनि आज नै लाग्दैछ ।
त्यसपछि सेमिफाइनलमा नेपालकाे प्रतिस्पर्धी काे हुन्छ भन्ने टुंगाे लाग्नेछ । सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टाेलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।




















प्रतिक्रिया