काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले लिलामी पक्रिया १५ दिन रोक्न लक्ष्मी सनराइज बैंक (तत्कालीन सनराइज बैंक)लाई मंगलवार आदेश दिएको हो ।
यसअघि अभिनेत्री स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण रकम भुक्तानी नदिएपछि बैंकले लिलामी सूचना निकालेको हो ।
उच्च अदालत पाटनले उक्त बैंकलाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश रमेशराज पोखरेलको इजराशले उक्त लिलामी प्रक्रिया रोक्न आदेश दिनुका साथै फाउण्डेशन र १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।






















प्रतिक्रिया