एजेन्सी । अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्स विश्वकपबाट अनिश्चितकालका लागि बाहिरिने भएका छन् । अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्स व्यक्तिगत कारणले अनिश्चितकालका लागि विश्वकप २०२३ बाट बाहिरिने भएका हुन् ।
क्रिकेट अष्ट्रेलियाले बिहीबार यो जानकारी दिएको हो । अहमदाबादमा नोभेम्बर ४ मा इङ्ल्यान्डसँगको खेलअघि अस्ट्रेलियाका लागि यो दोस्रो ठूलो झट्का हो। यसअघि अलराउन्डर ग्लेन म्याक्सवेल चोटका कारण विश्वकप नखेल्ने भएका थिए ।
अष्ट्रेलियाले अहिलेसम्म ६ खेल खेलेको छ जसमा उसले ८ अंक जोडेको छ र सबै खेल जितेर सेमिफाइनलमा पुग्न चाहन्छ । योसँगै इंग्ल्याण्डले पनि ६ खेल खेलेको छ र एउटा मात्रै खेल जितेको छ ।




















प्रतिक्रिया