Logo

खेलकुद

कुशल मल्लको विकेट पनि पतन, थप दबाबमा नेपाल



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपालले अर्को विकेट गुमाएको छ ।

नेपालका कुशल मल्लको विकेट ओमनका मेह्रान खानले लिए । कुशलले १२ बलमा १० रन जोडे । यससँगै नेपाल थप दबाबमा परेको छ ।

यो समाचार तयार गर्दै गर्दा नेपालले ११ दशमलव तीन ओभरमा ५ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:४४   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।