Logo

खेलकुद

नेपाल र युएईबिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न दर्शकसँग क्यानको अनुरोध



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी—२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न समर्थकहरुसँग अनुरोध गरेको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ ।

May be an image of crowd and text

‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने जानकारी गराउँछौँ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध छ । सम्पूर्ण दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

May be an image of one or more people and crowd

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १७:३४   :  बजे

819
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।