Logo

खेलकुद

युएईको दुई विकेट पतन



काठमाण्डौं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल सुरु भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ब्याटिङ गरिरहेको छ ।

ब्याटिङमा राम्रो सुरुवात गरे पनि युएईको दुईवटा विकेट पतन भएका छन् । सोमपाल कामीले मोहम्मद वासिमलाई तीन ओभर र एक बलमा आउट गरे । खालिद शाह पनि आउट भएका छन् । युएईले पाँच ओभर खेल्दा ३२ रन जोडेको छ ।

 सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् । खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ११:२५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।