Logo

खेलकुद

नेपालको दोस्रो विकेट गयो, गुल्सन आउट



काठमाडौं । नेपाललाई दोस्रो झड्का लागेको छ । ९.३ ओभरमा नेपालको दोस्रो विकेट गएको छ ।

युएईका बसिल हमिदको बलिङबाट गुल्सन झा आउट भएका हुन् । दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो । अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् । नेपालले ११ ओभरमा ८२ रन जोड्न सकेको छ । नेपालले युएईलाई हराउन १३५ रन बनाउनुपर्ने छ ।

यो खेलभर गुल्सनले तीन चौका प्रहार गरे भने आशिफले ६ चौका प्रहार गरे । अब जितका लागि नेपाललाई ५३ बलमा ५४ रन आवश्यक छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १३:३७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।