Logo

अर्थ

भूकम्प पीडितहरूका लागि सुदूरपश्चिम सरकारले पनि १ करोड उपलब्ध गराउने



धनगढी । जाजरकोट केन्द्रबिन्दु भएर शुक्राबार राति गएको भूकम्पका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत दिने  भएकाे छ । शनिबार बिहान बसेको सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ। प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।