Logo

खेलकुद

टी–२० विश्वकपमा छनोट भएकाे नेपालको वरियतामा सुधार



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा स्थान बनाएसँगै नेपालकाे वरियतामा सुधार भएकाे छ । आईसीसीले अपडेट गरेको नयाँ टी–२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएकाे हाे । विश्वकप पुग्नु अघि नेपाल १६औं स्थानमा थियो ।

नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित हात पारेपछि वरियतामा पनि सुधार गरेको हो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।

नेपाल २४ खेलमा ४ हजार ३ सय ७७ अंक र १८२ रेटिङका साथ १५ औं स्थानमा छ । उता नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ । नेदरल्यान्ड्सलाई एक रेटिङ अंकले पछि पार्दै सुधार गरेको हो ।

 भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, वेस्टइन्डिज सातौं, श्रीलंका आठौं र बंगलादेश नवौं स्थानमा छन् । विश्वकप छनाेटकाे सेमिफाइनलमा नेपालसँग हारेकाे युएई १७औं स्थानमा छ । यसैगरी ओमान १८औं स्थानमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १९:०३   :  बजे

570
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।