काठमाडाैं । आईसीसी विश्वकप २०२३ मा भारतले दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ । वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
शीर्ष क्रमका ब्याटर विराट कोहलीको कीर्तिमानी शतकमा भारतले उक्त याेगफल तयार पारेकाे हाे । काेहली १२१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । याे उनकाे ओडिआई करिअरको ४९ औं शतक हो । योसँगै कोहलीले ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले शतक हानेका हुन् ।
ओडिआईमा काेहलीले सचिन तेन्दुलकरले शतकसँग बाराबरी बनाएका हुन् । भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।
शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए ।
रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १-१ विकेट लिए ।




















प्रतिक्रिया