काठमाडाैं । दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजलाई टाइम आउट बोलाइएको छ ।
आईसीसी नियम अनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ।
यस्तो अवस्थामा एन्जेलो म्याथ्युज निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए । तर, हेल्मेट ठीक अवस्थामा नभएका कारण उनले निर्धारित समयभन्दा अगाडि बलरको सामना गर्न सकेनन् ।
यसपछि बंगलादेशको टोलीले यस नियमअनुसार उनलाई आउट घोषित गर्न अम्पायरसँग अपिल गरेको थियो, जसलाई अम्पायरले स्वीकार गर्दै एन्जेलो म्याथ्युजलाई आउट घोषणा गरेका थिए ।




















प्रतिक्रिया