Logo

खेलकुद

बंगलादेशसँग हारेसँगै विश्वकपबाट बाहिरियो श्रीलंका



काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपबाट श्रीलंका बाहिरिएको छ । सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना समाप्त भएको हो ।

बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको हो । सुरुमा ब्याटीङ गरेको श्रीलंकाले दुई सय ८० रनको लक्ष्य दिएको थियो । बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो ।

खेल जितेको बंगलादेश यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । दुवै देशले समान ८ खेलमा दुई मात्र जित निकालेका छन् । मंगलबार विश्वकपमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । अफगानिस्तानलाई जितेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यसअघि उसले पाँच खेल जितिसकेको छ । सात खेलमा चार खेल जितेको अफगानिस्तान पनि सेमिफाइनल प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०९:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।