काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङविरूद्धको अविश्वासको प्रस्ताव असफल भएको छ।
आज हेटौडामा भएको एन्फाको विशेष सधारणसभामा नेम्बाङविरूद्धको अविश्वासको प्रस्तावमा मतदान भएको थियो। जसमा एन्फाका ८७ मतदातामध्ये ५३ मतदाताले मात्र भोट हालेका थिए। जसमा नेम्बाङको पक्षमा ५२ भोट खसेको थियो। १ भोट बदर भएको थियो। ३४ जनाले मतदान बहिष्कार गरेका थिए ।
यसअघि गत भदौ २५ मा एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने भन्दै बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गरिएको थियो। तर एन्फा केन्द्रीय समितिले अध्यक्षको विषयमा मात्र विशेष साधारणसभा गरेर निवेदनकाे पक्ष र विपक्षमा मतदान गराएकाे हाे ।
अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाइएको थियो। जसमा विशेष साधारणसभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा अख्तियारी बिना आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेकोलगायत थिए।
गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए। एन्फामा पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङलाई कार्य समितिबाट निर्णय गराउन गार्हाे भइरहेकाे छ।
मताधिकार पाएका दुई तिहाइले मात्र अध्यक्षसहित अरु सदस्यलाई बर्खास्त गर्न सक्ने विधानमा उल्लेख छ। ५३ जना अध्यक्षकाे पक्षमा रहेकाले उनी पदबा६ बर्खास्तीमा भने परेनन् ।




















प्रतिक्रिया