काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा आज अस्ट्रेलिया र बंगलादेश भिड्दै छन् । खेल पुणेको एमसीए स्टेडियममा बिहान १०ः४५ बजे सुरु हुनेछ ।
विश्वकपबाट बाहिरिसकेकाे बंगालादेशले सेमिफाइनलमा पुगिसकेकाे अस्ट्रेलियाविरुद्ध खेल्न लागेकाे हाे । आजकाे खेल बंगलादेशका लागि अति नै महत्वपूर्ण छ । किन कि आजको खेल जिते बंगलादेशले २०२५ मा हुने च्याम्पियन्स ट्रफीको टिकट काट्नेछ ।
तर बंगलादेशले यो खेल हार्यो र नेदरल्याण्ड्सले भारतसँग जित्यो भने टोली च्याम्पियन्स ट्रफीमा छनोट हुने छैन । अस्ट्रेलियाका लागि भने आज प्रयाेग गर्ने अवसर छ । टोलीले अझै बेन्च स्ट्रेन्थ परीक्षण गरेको छैन ।
शान एबोटजस्ता खेलाडीले अहिलेसम्म एउटा खेल खेलेका छैनन् । अस्ट्रेलियासँग सेमिफाइनल अघि यी खेलाडीको परीक्षण गर्ने मौका छ ।
प्रतिक्रिया