Logo

खेलकुद

बंगलादेशले अस्ट्रेलियालाई दियाे ३०७ रनकाे  लक्ष्य  



काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा बंगलादेशले अस्ट्रेलियासामू ३०७ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । पुणेको एमसीए स्टेडियममा टस हारेर पहिला ब्याटिङकाे निम्ता पाएकाे बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०६ रन बनायाे ।

बंगलादेशका लागि टुविद हृदोयले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । नज्मुल होस्साइनले ४५ तथा यस्तै तान्जिद हसन, लित्तन दासले समान ३६ रन बनाए । मह्मुदुल्लाहले ३२, मेहिद्य हसनले २९ रन जोडे । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अस्ट्रलियाका सीन अब्बोट्ट र अदाम जम्पाले दुई÷दुई विकेट लिए भने मरक्युस स्टोनीसले एक विकेिट लिए ।

विश्वकपबाट बाहिरिसकेकाे बंगालादेशले सेमिफाइनलमा पुगिसकेकाे अस्ट्रेलियाविरुद्धकाे याे खेल जिते बंगलादेश २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनाेट हुने छ ।

तर बंगलादेशले यो खेल हार्‍यो र नेदरल्याण्ड्सले भारतसँग जित्यो भने टोली च्याम्पियन्स ट्रफीमा छनोट हुने छैन ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ३ : ०१ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।