काठमाडाैं । पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन् । बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तानबाट राजीनामा दिएकाे घोषणा गरेका हुन् ।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए।
विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो। बाबरले विश्वकपमा नौ खेलमा ३२० रन बनाएका थिए। पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो।
उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो। उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए।




















प्रतिक्रिया