काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधिका लागि भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई विकेटले हरायो ।
फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत २०११ र अस्ट्रेलिया २०१५ पछी पहिली विश्वकप खेल्ने सोचमा हुनेछन् ।भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधि जितेका छन् । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।
जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो । अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।




















प्रतिक्रिया