Logo

खेलकुद

आईसीसी एकदिवसीय विश्वकप : उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने



काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधिका लागि भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई विकेटले हरायो ।

फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत २०११ र अस्ट्रेलिया २०१५ पछी पहिली विश्वकप खेल्ने सोचमा हुनेछन् ।भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधि जितेका छन् । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।

जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो । अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ०७:४२   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।