हेटौँडा । भारतमा जारी आईसीसी एकदिवसीइ पुरुष विश्वकप क्रिकेट २०२३ काे फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ । आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने फाइनलमा आयोजक भारत र अष्ट्रेलिया भिड्दै छन् ।
त्यसअघि इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।
सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।
प्रतिक्रिया