Logo

खेलकुद

चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई हरायो



काठमाण्डौ । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ ।

हङकङ क्रिकेट क्लब मैदानमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो सोहि लक्ष्य पछ्याउने क्रममा जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ७० रन मात्र बनाउन सक्यो ।

यता टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले सबैभन्दा धेरै ४३ रन बनाइन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए।

नेपाल लिगमा तान्जानियासँग २७ रनले र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिसकेको छ । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानसँग अहिले खेलिरहेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १०:०६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।