काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले पहिला फिल्डिङ गर्ने भएको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेका हुन् । आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ भने चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।
विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा पनि खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अपराजित रहेको छ । अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
यसपटक भारत ह्याट्रिक गर्ने योजनामा छ भने अस्ट्रेलिया डबल ह्याट्रिक गर्ने दाउमा छ ।




















प्रतिक्रिया