Logo

खेलकुद

विश्वकप क्रिकेट : उपाधि चुम्न अस्ट्रेलियालाई भारतले दियो २४१ रनको लक्ष्य

विराट कोहली र केएल राहुलकाे अर्धशत



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को उपाधि चुम्न भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २४० रन बनायो ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेले । कोहलीले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे भने राहुलले १०७ बलमा एक चौकाको मद्दतमा ६६ रन बनाए ।

यस्तै भारतका लागि रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, सूर्यकुमार यादवले १८, कुलदिप यादवले १०, रविन्द्र जडेजाले ९, मोहम्मद शामीले ६, शुबमन गिल र श्रेयस ऐरले समान ४ र बनाए । जस्पृत बुम्राह एक रमै पेवेलियन फर्किए ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । जोश हज्लेऊड र पत क्युम्मिनसले समान दुई दुई विकेट लिए भने ग्लेन म्यास्क्वेल र अदम जाम्पाले एक एक विकेट लिए ।

भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेका हुन् । आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ भने चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।

विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा पनि खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अपराजित रहेको छ । अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यसपटक भारत ह्याट्रिक गर्ने योजनामा छ भने अस्ट्रेलिया डबल ह्याट्रिक गर्ने दाउमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १८:११   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।