काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गतकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल यमनसँग २ गोलले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा गाेल गर्ने अवसर प्रशस्तै सृजना भएपनि त्यसलाई सदुपयाेग गर्न नसक्दा नेपाल हार बेहाेर्न बाध्य भएकाे हाे ।
समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
यमनलाई जित दिलाउन ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।
ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।
दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।




















प्रतिक्रिया