काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरुले प्रयोग गरेको बा.९० प ६२८९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । उदयपुर,चौदण्डीगढी नगरपालिका – १० देबधारबाट १ किलो ३ सय ६५ ग्राम लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ७२ बर्षीय सबुरलाल चौधरी समेत ५ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरी समेत खरिद गर्न आएका सोही ठाउँ बस्ने सुरेन्द्र दनुवार लगायत ५ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया