Logo

अर्थ

कामना सेवा विकास बैंक र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच छुट दिने सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देहीस्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएकाे छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरी रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १४:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।