Logo

अर्थ

एभरेष्ट बैंकले गर्‍याे टोखामा नयाँ शाखा उद्घाटन



काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार राजधानीको टोखा नगरपालिकामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरे ।

उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १७:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।