Logo

खेलकुद

हार्दिक मुम्बई इन्डियन्स फर्किने



एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् ।

खेलाडी ट्रेड किनबेच मार्फत उनी मुम्बई फर्किने भएका छन् ।

भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो ।

हार्दिकलाई २०१५ को अक्सनमा मुम्बईले १० लाख भारुमा अक्सनमा किनेको थियो ।

मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जित्दा उनी टोलीका प्रमुख अलराउन्डर थिए । २०२२ मा गुजारातको डेब्यु सिजनमै हार्दिकले कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

गुजरातमा हार्दिकले छाड्दा केन विलियम्सले कप्तानी गर्ने सम्भावनाछ । उता हार्दिक टोलीमा फर्किदा रोहित शर्मा मुम्बई हार्दिकले कप्तानी गर्ने सम्भावना रहन्छ ।

हार्दिकले कप्तानी गर्दै पछिल्लो दुई सिजनमा गुजरातबाट ८ सय ३३ रन बनाउनुको साथै ११ विकेट लिएका छन् ।

हार्दिक ट्रेड हुने तेस्रो कप्तान हुन् । यसअघि २०२० मा रविचन्द्रन आश्विन पन्जाव किँग्सबाट दिल्ली क्यापिटल्स तथा राजस्थान रोयल्सबाट अजिंक्या रहाणे दिल्लीमा पुगेका थिए ।

हार्दिकले छाडेपछि मुम्बईको प्रदर्शन राम्रो हुन सकेको छैन । हार्दिक फर्किदा गत वर्ष अक्सनमा १७ करोड ५० लाख भारुमा किनेका अष्ट्रेलिया अलराउन्डर क्यामरन गृनलाई मुम्बईले टोलीबाट फुकुवा गर्ने उच्च सम्भावना छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ०७:५६   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।