काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार वृद्धि भएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८३ अंकले बढेर ३६४.८१ को विन्दुमा पुगेको छ।
आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको २.६३ प्रतिशत, फाइनान्स समूहको ३.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सोनापुरको ११ करोड ६६ लाख ६७ हजार रुपैयाँ, रिलायब नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज, तीन कम्पनीको सेयरमा सर्किट लागेको छ । आज छ्यान्दी हाइड्रोपावर, भगवति हाइड्रोपावर र विजय लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, स्वरोजगार लघुवित्तको ९.८९ प्रतिशत र रावा इनर्जीको ९.८८ प्रतिशतले सेयर मूल्यमा सुधार आएको हो ।




















प्रतिक्रिया