काठमाडौं । ‘आउछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
भ्वाईस अफ नेपाल बाट चर्चामा आयका गायक आरिफ रफको आवाज रहेको गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ । गीतको भीडियोमा धेरै सम्भाबना बोकेका मोडल अन्जान थापा सलीना खत्रीको जीवन्त क्लासिकल अभिनय देख्न सकिन्छ ।
सार्वजनिक भिडियो हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ । देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा बिकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतीमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् ।
पछिल्लो समय गीत संगीतमा निकै रफ्तारका साथ अगाडी बढिरहेको नेपमेलोले विभिन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आईरहेको छ ।





















प्रतिक्रिया