Logo

खेलकुद

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा 



काठमाडौं । आसन्न एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

टोलीका सदस्यहरुमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १८:५७   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।