Logo

अर्थ

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कति छ आजकाे बजार भाउ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । मंगलबारको तुलनामा आजको मूल्य १ हजार ६०० रुपैयाँले बढी हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार ताेलाकाे १५०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १२:०१   :  बजे

645
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।